काठमाडौं । सांसद एबं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको आरोप लगाएका छन् । आन्दोलनबारे थाहा हुँदाहुँदै त्यही बाटोबाट अगाडि बढ्नु लापरबाही भएको उनको भनाई थियो । राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले मन्त्रीको लापरबाहीलाई हेरेर समितिले आवश्यक निर्णय लिनुपर्नेमा जोड दिए । लापरबाही गर्ने मन्त्रीलाई कारबाही गर्न सांसद थापाले माग गरे ।
उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको उल्लेख गरे । थापाले माइतीघरको निषेधित क्षेत्र तत्काल खारेज गर्न पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरे । माइतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको उनको भनाई थियो ।
प्रतिक्रिया