काठमाडौँ । बालकुमारी घटनाको छानबिन गर्न सरकारले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गरेको हो । आयोगमा पूर्व एआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेका छन् । आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ ।
उक्त घटनाको छानविनका लागि गृह मन्त्रालयले यसअघि पुस १३ गते प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
प्रतिक्रिया