काठमाडौं । सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको खाजा कटौती गरिएको जानकारी गराएका थिए ।
खाजाबापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब ६० हजार रुपैयाँ खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ ।
प्रतिक्रिया