काठमाडौं । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूकेरनेपालले केही समय यता सामाजिक सञ्जाल र भाइवर ग्रुपमा सूर्य नेम्वाङसंग जोडेर नकारात्मक भ्रम फैलाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । गोर्खा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले एक विज्ञप्तिमार्फत नेम्वाङ सन् २०१८ देखि नै संस्थामा आवद्ध नभएको प्रष्ट पारेका छन् । सूर्य नेम्वाङले सत्याग्रहको संरक्षण पाएर बेलायतमा रहेका सयौं भूतपूर्व गोर्खा र तिनका परिवारबाट हजारौं पाउण्ड खाएको तर सत्याग्रहका प्रमुखले वास्ता नगरेको भन्ने समाचार अहिले सामाजिक सञ्जालमा फैलिरहेको छ ।
यस सम्बन्धमा प्रमुख संयोजक राईले बाहिर आएका सबै आरोप निराधार रहेको बताए । राईले सत्याग्रहले कोही पनि व्यक्तिको निजी मामिलामा साथ समर्थन नगर्ने बरु आफ्नो समान पेन्सन आन्दोलनमा सशक्त भएर लाग्ने एजेण्डा लिएको पनि उल्लेख गरे । एक समय गोर्खा आन्दोलनमा सक्रिय दीपक मास्केले अहिले सूर्य नेम्वाङ र सत्याग्रहलाई जोडेर विभिन्न आरोप लगाएको जनाइएको छ । राईले उक्त आरोपको प्रतिवाद गरेका छन् ।
सत्याग्रहको शनिबार सम्पन्न बैठकले समेत यसको औपचारिक खण्डन गर्दै यस्ता आरोपको परिआए कानूनी लडाईंबाट जवाफ दिने चेतावनी दिएको छ ।
प्रतिक्रिया