देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालकुमारी घटनाको छानबिनका निम्ति उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने

देशान्तर

काठमाडौं । सरकारले बालकुमारी घटनाको छानबिनका निम्ति उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ । पूर्वन्यायाधीशको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने प्रस्ताव ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् । सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट आयोग गठनको निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

गएको शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसितको झडपमा दुई युवकको मृत्यु भएको थियो । त्यसअघि, प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए ।