देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर जाने कांग्रेसको निर्णय :उम्मेदवार छान्ने जिम्मा संसदीय समितिलाई

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसले माघ ११ गतेहुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको हो ।


बैठकको निर्णय जानकारी दिन आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले दिएको जानकारी अनुसार बैठकले अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्तिहरु र समुदाय तथा भूगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय गरेको छ । बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार छान्ने जिम्मा संसदीय समितिलाई दिएको छ । यस्तै गठबन्धनमा भएको सहमति पूरा नभएसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री हुने प्रष्ट पारेको छ ।

यस्तै बैठकले ललितपुरको बालकुमारी घटनामा उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ ।
उच्चस्तरिय न्यायिक छानविन समिति गठन गरि घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कानूनी कार्वाही गर्न बैठकले माग गरेको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलव्ध गराउन र घाइतेको निःशुल्क उपचार गर्ने पनि बैठकले माग गरेको छ ।