देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सांसद मृगेन्द्रसहित भारतीय मतदाता

देशान्तर


काठमाडौं । नेपालको निर्वाचन ऐनको परिच्छेद ५ को १२ नम्बरमा उमेदवारको योग्यता अन्र्तगत राखिएको प्राबधानमा पहिलो सर्त नेपालको नागरिक, अनि प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको , पच्चीस वर्ष उमेर पूरा भएको , कुनै सङ्घीय कानूनले अयोग्य नभएको , कुनै लाभको पदमा बहाल नरहेको हुनु पर्ने छ भनिएको छ । तर दुई जना नेपाली सांसद भारतीय मतदाता भएको खुलेको छ । एक जना बहालवाला राष्ट्रिय सभा सदस्य र अर्का प्रदेश सांसद रहेको दाबी गरिएको छ ।
जनता समाजवादी पार्टीबाट राष्ट्रिय सभा सदस्यमा प्रतिनिधित्व गर्ने मृगेन्द्रकुमार सिंह यादव र मधेश प्रदेश सभा सदस्य अनिरुद्धप्रसाद सिंह यादव भारतीय मतदाता रहेको श्रोतको दाबी छ ।नाताले उनिहरु दाजु भाई हुन् ।

देशान्तरलाई प्राप्त खवर अनुसार सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नं. ५ मा स्थायी ठेगाना रहेका यादव दाजु भाई भारत विहारको मधुवनी जिल्ला अन्तर्गत बसहा पञ्चायतको बबुराही थानाबाट भारतीय मताधिकार प्रयोगकर्ता नागरिकका रूपमा रहेको उल्लेख छ । भारतको पञ्चायत आमनिर्वाचन नामावली अन्र्तगतको मतदाता नामावली सूची ४५३ मा यादवको मतदाता नम्बर डब्लुसिडी १३७५७२४ रहेको पाइएको भन्दै राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष लिखित उजुरी समेत परेको समाचार छ ।
मृगेन्द्र पञ्चायतकालको अन्तिम मन्त्रिमण्डलमा पाँचदिने सहायक मन्त्री बनेका थिए । त्यस यता उनि पटक पटक बिभिन्न पार्टीबाट मन्त्री तथा सांसद बन्दै आएका छन् । २०५६मा नेपाल सद्भावना पार्टी बाट सांसद भएका उनि पुर्व राजा ज्ञानेन्द्रले कु गरेको समयमा पश्चिमाञ्चलको क्षेत्रीय प्रशासक बनेका थिए । दोश्रो जन आन्दोलन पछि मधेशी जनअधिकार फोरम नेपालबाट सक्रिय राजनीतिक यात्रा सुरुगरेका उनि फोरम बिभाजन पछि फोरम लोकतान्त्रिकबाट मन्त्री बनेका थिए । राष्ट्रिय जनता पार्टी हुँदै फेरी जसपाबाट मन्त्री भैसकेका यादव हाल राष्ट्रिय सभा सदस्य छन् ।