देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय -मेलमिलापको सान्दर्भिकता

देशान्तर


मुलुकको राष्ट्रियता संकटमा परेको निष्कर्षसहित एकदलीय पञ्चायती शासनले फा“सीसम्मको सजाय दिन सक्ने अनुमानका साथ सहयोद्धा गणेशमान सिंहसहित लामो प्रवासपछि नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रणेता बीपी कोइराला फर्किएको दिन २०३३ साल पुस १६ गतेलाई राष्ट्रिय मेलमिलाप दिवसको रूपमा मनाउ“दै गरिएकोमा त्यसको सान्दर्भिकता नेपाली राजनीतिमा अहिले पनि उत्तिकै रहेको जगजाहेर छ । नेपालका राजनीतिक दलहरूले एकतन्त्रीय पञ्चायती व्यवस्थालाई फाली संसदीय प्रजातन्त्र हु“दै संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दासमेत राष्ट्रिय मेलमिलाप तड्कारो रूपमा खड्किरहेको वर्तमान अवस्थामा सबै दलहरू एकता र मेलमिलापमा लाग्नु पर्ने देखिएको छ ।


२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरूमाथि देशद्रोहको मुद्दासमेत लगाए । तर, २०२५ कात्तिक १४ गते बीपी कोइरालालगायतका नेताहरू जेलमुक्त भए । त्यसपछि उनीहरू भारतमा निर्वासन जीवन बिताउन थाले । त्यसको आठ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरू आफूहरूमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने नीति अ“गाल्दै स्वदेश फर्किए । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उनीहरू भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए । दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेताहरूले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।
प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै ४७ वर्षअघि अवलम्बन गरेको नीति सान्दर्भिक रहेको नेताहरू बताउ“छन् । २०४६ सालको जनआन्दोलनमा दलहरू एक ठाउ“ उभिए, जनता आन्दोलित भएपछि तत्कालीन राजाले पनि माग सुनुवाइ गरे र प्रजातन्त्र पुनर्बहाली गरिदिए ।
२०६२÷०६३ सालमा पनि दलहरूबीच मेलमिलाप भयो, लोकतन्त्र बहालीका लागि । शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेस र अन्य दल तथा सशस्त्र संघर्ष गरिरहेको माओवादी पनि शान्ति र लोकतन्त्र बहालीको मुद्दामा एक ठाउ“मा उभिए । फलतः जनआन्दोलन सफल भयो । प्रत्यक्ष शासनको मोह राखेका तत्कालीन राजा ज्ञानेन्द्र जनताका अगाडि झुक्न तयार भए, लोकतन्त्र बहाली भयो । मेलमिलापले जस्तोसुकै अवस्था पनि पार लगाउन सकिन्छ भन्ने तथ्य भने अभ्यासले नै पुष्टि गरिसकेको छ, जसको सुरुवात बीपी कोइरालाले नै गरेका थिए ।


कांग्रेसले देशैभर मेलमिलाप दिवस मनाइरह“दा पछिल्लो समय कांग्रेसभित्रै भने मेलमिलाप हुन नसकेको र राष्ट्रिय एजेन्डाहरूमा कांग्रेसले मेलमिलापको नीति लागू गर्न नसकेको भनेर आलोचना भइरहेको छ । नेताका स्वार्थ र नेतैपिच्छेका गुट, उपगुटहरूले कांग्रेसलाई मेलमिलापतर्फ भन्दा बढी व्यक्तिवादी बनाइरहेको कांग्रेसकै नेताहरू स्वीकार्छन् ।
अहिले राजनीतिक परिवर्तनको मुद्दा सम्बोधन भइसकेको छ । अब लोकतन्त्रलाई सबल बनाउने र देशलाई समुन्नतिको बाटोमा अगाडि बढाउनु पर्नेछ । नेपालस“गै आर्थिक विकासको चरण सुरु गरेका विश्वका कयौं मुलुक धेरै माथि पुगिसके, तर, नेपाल पूर्वाधार र आर्थिक विकासका हिसाबले अझै निकै पछाडि छ । एकातिर पार्टीमा र अर्कातिर राष्ट्रिय मुद्दामा मेलमिलापका लागि कांग्रेसले नै मेलमिलापको नेतृत्व लिनु पर्नेछ ।
इतिहासले नै भन्छ, जतिबेला कांग्रेस कमजोर हुन्छ, विभाजित हुन्छ र कांग्रेसका नेताहरू व्यक्तिवादी बन्दै जान्छन्, सिंगो मुलुक कमजोर हुन्छ । लोकतन्त्रमाथि नै खतरा बढ्छ । जब कांग्रेस एक ढिक्का हुन्छ, जब कांग्रेसका नेताहरू सामूहिक नेतृत्व र साझा मुद्दामा सहमत हुन्छन्, देशले निकास पाउँछ । अहिले पनि राजनीतिक रूपमा केही शक्तिले छिर्के दाउ लगाउने प्रयास गरिरहेका छन्, अस्थिरता सिर्जना गर्ने कोसिस गरिरहेका छन् र प्रतिगमनको कुचेष्टा गरिरहेका छन्, यो अवस्थामा कांग्रेसले फेरि तिनै बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य र खुमबहादुर खड्काहरूले अवलम्बन गरेको मेलमिलापको नीति कार्यान्वयनको नेतृत्व लिनुपर्छ र अस्थिरता चाहनेहरूलाई कडा जवाफ दिनुपर्छ ।