देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सूचना तथा सन्देश आदानप्रदान इतिहास, वर्तमान र भविष्य


नारदमुनिले नारायण नारायण भनेर पौराणिक कथामा सुन्दै आएको सन्देश प्रवाहको हाम्रो मानसपटल अहिले मोबाइल वा इलेक्ट्रोनिक ग्याजेटमा एक क्लिक गरेर संसार बुझ्न पाउने सूचना प्रविधिमा पहँुच राख्दा फरक अनुभूति हुने अवस्थामा पुगेका छौ । यो अवस्था एकैपटक भने आएको हैन । क्रमशः युगकालीन विकासक्रम समयसापेक्ष परिवर्तन नियाल्दै बुझ्न सहज हुन्छ । मानव सभ्यताको इतिहास, प्रविधिको प्रयोग, तत्कालीन अवस्थाको अध्ययन गर्न हामीसँग हाल उपलब्ध हुन सक्ने अभिलेख, दस्ताबेज र सूचनाका आधारलाई पहिलो आलेखमा चर्चा गर्ने प्रयास गरेको छु । विगतमा हामीले प्रयोग गर्दै आएको सूचना सम्प्रेषण र ग्रहणको प्रणालीबारे छोटो चर्चा गरौं ।


क्षणिक सूचना कटुवालले ठूलो स्वरबाट सन्देश दिँदै हिँड्दा कुनै उपकरण प्रयोगको आवश्यकता थिएन । हाम्रो मानसपटलमा झल्किने रागँग तारतम्य मिल्थो । तर जब उपकरण विकासको क्रम सुरु भयो त्यसको निरन्तरता माइकिङ गर्दै हिँड्दा प्रयोग हुने उपकरण माइक, स्पिकरसँगै वक्ता गाँसिएर प्रविधि र मानवको फ्युजन सुरु भयो । माइकिङ गर्दा हामीले अडियो (आवाज) बाट सूचना प्रदान गर्न थाल्यौं । भाषण, आमसभालगायतमा उपकरणको प्रयोग सुरु गयौं । तर पनि प्रष्ट नसुनिनुले सीमितताले रेकर्डिङ गर्न सके स्पष्टता थपिन सक्ने हुँदा थप प्रविधि विकासमा आकर्षण गरायो अस्पष्ट हँुदा पुनः सुन्न सकिने अवस्थामा पुग्यौं । यसैगरी पेपर, पर्चा बाँडेर वा टाँसेर कागज र मसी प्रयोग गरी सूचना सन्देश प्रवाह गर्न थाल्यौं तर पनि सीमितता पढ्न जानेको हुनुपर्ने नै रह्यो । यसलाई सहज गर्न चित्रबाट भन्न खोजेको कुरा प्रष्ट पार्न पनि सुरु गयौं । यद्यपि काठ वा ढुंगा प्रयोग गरेर मूर्ति वा शिलालेखबाट दक्ष कालिगड र ढुंगा कुद्ने औजारहरू प्रयोग गरी सूचना सन्देश प्रवाह गर्न थाल्यौं तर पनि सीमितता रह्यो नै । पछि हामी क्यामेरा र प्रोसेसिङ डिभाइस प्रयोग गरी भिडियो सन्देश प्रवाह गर्न सक्ने भयौं । तर पनि थप प्रविधि खोजिरह्यौं । आधुनिक उपकरण कम्प्युटर इन्टरनेट प्रयोग गर्दै आज एक फरक परिस्थितिसम्म पुगेका छौं ।

प्राचीन सभ्यतामा सूचना आदानप्रदानको तौरतरिका कस्तो थियो त ? आदिमकालदेखि नै सूचना आदानप्रदानका शैली विकास हुँदै आएकै हो । यद्यपि प्राकृतिक प्रकोपलगायतका कारण पुराना सभ्यताहरू हामीले अध्ययन गर्न हाल उपलब्ध रहेका तत्कालीन अवस्थाका सूचनाहरू संकलन गरेर मात्र बुझ्न सक्छौ । जस्तैः नेपालमा रहेका पुराना मठ–मन्दिरहरूले मल्लकालीन सभ्यता कस्तो थियो होला भनेर अध्ययन गर्न सक्दछौ । अंशुबर्माले बनाएको कैलाशकुट भवन, बुद्धको बिहार, सिन्धुघाँटीको सभ्यता, द्वापर युगकालीन सभ्यताका उपलब्ध सामग्री वा अवशेषहरूबाट तत्कालीन अवस्थाका सूचना सन्देश प्राप्त हुने गरी खोज उत्खनन गरी त्यसको अध्ययन गरेर तत्कालीन प्रविधि के कस्ता थिए अध्ययन गरिरहेकै छौं । राजा शुद्धोधनका छोरा भगवान् बुद्धको दरबार कस्तो थियो होला, हामीले नेपालको लुम्बिनी उत्खनन गर्दा प्राप्त शिलालेख, अशोक स्तम्भलगायतको अध्ययनबाट गर्दछांैं ।
त्यसैले तत्कालीन समाजको सभ्यता वस्तुस्थिति अध्ययन गर्न हामीले सोही समयको उपलब्ध सूचना सामग्रीहरू हेर्नु पर्दछ । यसै कारण सूचनाको सम्प्रेषण अत्यन्तै महत्व राख्दछ ।
सूचना व्यक्त गर्ने माध्यम र त्यसको दीर्घकालीन संरक्षणका तरिकाहरू विभिन्न प्रकारका हुन्छन् । यसका लागि हामी केही प्राचीन सभ्यताका कस्ता थिए होला भन्ने विषयमा हाल पृथ्वीमा संकलन, उत्खनन भएका वा गर्न सकिने आधार भेटिएका अभिलेख (सूचना स्रोत)बाट हाल अध्ययन भइरहेका सभ्यताको चर्चा गरौं ।
 प्राचीन सप्तऋषि ६६७६ बि.सी.
 कली सभ्यता ५०९९
 कलि संवत ५१२४
 बुद्ध संवजत २५८६
 विक्रम संवत २०७९
 इस्वी सवत् २०२३
 मल्लकालीन सभ्यता ३०० वर्ष अगाडि काठमाडौं उपत्यका
 नेपाल संवत् ११४४
 जुचे क्यालेन्डर १११ साल
अभिलेख वा सूचना भेटिएका आधारमा पाइएको इतिहास
झन्डै दुई मिलियन वर्ष पहिलेको Kanjero Stone ले ढुंगेयुगको तत्कालीन प्रयोग हुने औजार र त्यस समयको सभ्यताको आकलन गर्न हामीलाई मद्दत पुग्दछ ।
ग्चबmष्गm ( द्दघड, ग्चबलष्गm( द्दघछ केही उदाहरण हुन जुन पदार्थ पृथ्वीमा धेरै समयसम्म अस्तित्वमा रहन्छन् ।
मेसोपोटानिया सभ्यता जो आजको इराक क्षेत्रमा पर्दछ । जुन लगभग १२ हजार वर्ष अगाडि । त्यतिबेला ढुंगामा कोरिएका मूर्ति हेर्ने हो भने मानिस र जनावरको फ्युजन भएका, पखेटा भएका मानिस र स्पेस सुटलगायतका आकृतिहरू भेटिन्छन् ।
प्राचीन सप्तऋषि सम्बत् ८६९८ वर्ष अगाडि सुरु भएको हो भने त्यो सभ्यता लगभग नौ हजार वर्षभन्दा पुरानो सभ्यता हो । ३४०० बिसी लेखन प्रक्रिया ढुंगामा लेखिएको सुमेरियन साहित्य धेरै भेटिन्छन् ।
सुमेरियन सिभिलाइजेसनमा ३४०० बिसीदेखि नै लेखन प्रक्रिया सुरु भएको भेटिन्छ । सुमेरियन सभ्यता मेसोपोटामिसा क्षेत्रमा टिग्रिस र युफ्रेटेस नदीको बीचमा बसेको सभ्यता हो ।
पुराना सूचना संकलनबाट अध्ययन गरिएको केही प्राचीन सभ्यताहरू जस्तैः अक्काडियन सभ्यता– २१५४ बिसी मेसोपोटामिसा ३५०० बिसी– आजको इराक, टर्की र सिरिया हो । इजिप्सियन सभ्यता– २७०० बिसी आजको– इजिप्ट र आसपासका क्षेत्र हुन् । Indus Valley Civilization ३३०० बिसी आजको साउथ एसिया, पाकिस्तान र नेपाललगायतका क्षेत्र हुन् । Greek Civilization २७०० बिसी ग्रिस क्षेत्र हुन् । Norte Chito Civilization ४००० बिसी इजिप्टको पिरामिडभन्दा पुरानो र अमेरिकामा पर्छ । Persian Civilization ५५० बिसी, Roman Civilization, Chinese Civilization १६०० बिसी,Mayan Civilization २६०० बिसी आजको Calakmul, Copsn Tikal यति कुराको जानकारी गर्दैगर्दा जिज्ञासा रहन सक्छ ।

हामीले बनाएका घर कति बर्ष अस्तित्वमा रहलानु त ?, के आईफिल टावर, ताजमहल, Colosseum ग्रेट पिरामिड अफ गिजा, ग्रेटवाल अफ चाइना, Machu Pichho, Statue of Liberty कहिलेसम्म अस्तित्वमा रहँलान् त ? यो त हामीले हाम्रा समाजमा हाल रहेका सूचना प्रविधि वा ज्ञान सीपबाट हामीले के कस्तो प्रविधि प्रयोग गरी अभिलेखीकरण गरेर राख्यौं भने अर्को पुस्तासम्म कसरी सूचना पु¥याउन सक्छांै होला भन्ने चिन्ताको विषय हो । हामी छिटो र सहज प्रष्ट बुझ्ने गरी अघिल्ला पुस्तासम्म लान सक्छौ होला भन्ने विषयका लागि हामी केही समयभित्र भइरहेका सूचना प्रविधिका माध्यमबारे चर्चा गरौं ।


१८९७ अगाडि हामी छापा माध्यममा नै सीमित थियौ । तर हामी ब्रोडकास्टिङको विकासका लागि पनि थप प्रयासमा नै थियौं । Jems Clerk Maxwell ले १८६४ मा Electromagnetic Waves मा पनि Propagate गर्छ भनेर Theory & Mathematical बताइसकेका थिए । तपाईंहरूले पानी घट्ट देख्नु भएको होला, पानीको प्रेसरले पिठो पिनेको । अब त्यही सिस्टममा यदि हामीले चुम्बक राखेर चुम्बकीय शक्तिलाई फिल्ड परिवर्तन गर्ने हो भने विद्युतीय ऊर्जा निस्कन्छ । यदि हामीले चुम्बकीय शक्ति र विद्युतीय शक्ति एक आपसमा परिवर्तन गर्ने हो भने Electromagnetic force निस्किन्छ जुन हावामा मात्र होइन खाली ठाउँमा पनि बगेर जान्छ । ध्वनि आवाज भने स्पेसमा जाँदैन खबअअगm मा बग्दैन । ध्वनि बग्न माध्यम चाहिन्छ । पृथ्वीबाट ८,८४८ मिटरको उचाइमा सगरमाथाको चुच्चो छ । १०० कि मिभन्दा माथि हावा ब्तmयकउजबचभ पातलो हुँदै जान्छ । १०,००० किमिसम्म हावा छ । त्योभन्दा माथि स्पेश पूर्ण खाली छ । तपाईं ३८४,४०० कि.मि. पर चन्द्रमा छ । ६,००० कि.मि.स्पिडमा दुगुर्ने रकेटबाट हामी चन्द्रमामा हामी करिब ६४ घण्टामा पुग्छौ भने अब सोच्नुहोस् Electromagnetic Wave Propagationले हामीले प्रवाह गर्ने सन्देश पृथ्वीबाट कति पर र कति समयमा पु¥याउन सक्छांै होला ।

ब्रोडकास्टिङ माध्यमबाट हामी हावा वा स्पेसमा सूचना कति पर पठाउन सक्छौं भन्ने बुझ्नका लागि वैज्ञानिक निकोला टेस्लाले वायरलेस रेडियो कम्युनिकेसनका क्षेत्रमा काम गरेका विषय बुझ्न पनि जरुरी छ । पछि इटलीमा जन्मेका मार्कोनीले रेडियो तरंगबाट सन्देश प्रवाह गर्न सकिन्छ भनेर काम गरे । १८९७ मा १२ मिल परसम्म सन्देश पठाए पनि । १४ फरवरी १९२२ मा लन्डनमा रेडियो प्रसारण सेवा सुरु भयो । १३ फेरवरी १९४६ मा युनाइटेड नेसन रेडियो स्थापना भयो । युनेस्कोको २०११ जनरल कन्फरेन्सपछि २०१२ देखि फरवरी १३ लाई रेडियो दिवसका रूपमा मनाउन थालियो । क्रमशः
लेखक, भट्टराई ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष हुन् ।