देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालकुमारी घटनाका विषयमा छानबिन गर्न समिति गठन

देशान्तर

काठमाडौं । बालकुमारी घटनाका विषयमा छानबिन गर्न गृह मन्त्रालयले नेपाल प्रहरीका डीआईजीपीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
प्रहरी नायब महानिरीक्षक लालमणी आचार्यको नेतृत्वमा गठित छानबिन समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक बासु सिग्देल रहेका छन् ।
सात दिन भित्रमा प्रतिवेदन पेश गर्नेगरी छानविन समिति बनाइएको छ ।