आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन उच्चको आदेश
काठमाडौँ । बालकुमारी घटनामा प्रहरीको गोलि लागेका अर्का युवाको पनि मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका युवा वीरेन्द्र शाह र युवा सुजन रावतको मृत्यु भएको हो । सुजनलाई भने गोलि लागेको नपाइएको तर निलडाम भेटिएको जनाइएको छ ।
शाहको उपचारका क्रममा पाटन अस्पतालमा रावतको किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए ।
यसैबीच उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ । गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो । अदालतको आदेशसँगै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएका सबैले पाउनेछन् । यसअघि सीप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाउने भनिएको थियो । त्यसका विरुद्धमा सुरज पाठकसहित १८ जनाले उच्च अदालत पाटनमै मुद्दा हालेका थिए ।
प्रतिक्रिया