काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष समेत रहेका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले बुधबार शाह र लेखापालका रूपमा कार्यारत असई दीपेन्द्रबहादुर पनेरुलाई दोषी ठहर गरेको हो । उनीहरूलाई हानि–नोक्सानीसम्बन्धी भ्रष्टाचारमा दोषी ठहर गरिएको छ । अदालतबाट उनीहरूको कसुर निर्धारण हुन बाँकी छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूले ३३ लाख ३८ हजार रुपैयाँभन्दा बढी हानि–नोक्सानी पुर्याएको भन्दै सोहीबमोजिम कैद सजाय दाबी गरेको छ ।
मुद्दामा विपक्षी बनाइएका प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले भने सफाइ पाएका छन ।
प्रतिक्रिया