देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लक्ष्मी पुनको नियुक्तिमा पेश भएको कागजात ३ दिनभित्र पेश गर्न निर्देशन

देशान्तर

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा  पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त लक्ष्मी पुनको नियुक्त हुँदा पेश गरेको कागजात मागेको छ ।  बिहीबार पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई बोलाएर गरिएको छलफलमा पुनको नियुक्ति विवादमा परेको बताउँदै नियुक्त हुँदा पेश गरेका कागजातहरू ३ दिनभित्रै समितिमा पेश गर्न कोषलाई निर्देशन दिएको छ ।

समितिमा सांसदहरू एकनाथ ढकाल, शिशिर खनाल, धवल शमशेर राणा लगायतका सांसदले पुनको नियुक्तिमा मापदण्ड नपुगेको विषय उठाएका थिए ।