काठमाडौं । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औधोगिक, व्यापारमेला एवम् सातौ बाग्लुङ महोत्सव २०८० को कार्यक्रममा सहभागी हुन बुधबार बिहान बाग्लुङ पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले बाग्लुङ कालिकाको दर्शन एवम् पूजाअर्चना गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलोपटक बाग्लुङ पुगेका हुन् ।
उनी मन्दिर पुग्नुहुँदा कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका पदाधिकारी, पुजारी, भक्तजन, स्थानीय जनप्रतिनिधि, प्रशासक तथा सर्वसाधारणले स्वागत गरेका थिए । राष्ट्रपति पौडेल आजै राजधानी फर्कनेछन् ।
प्रतिक्रिया