देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी प्रदेशबाट नेपाली कांग्रेसको सम्भावित उम्मेदवारको नाम सिफारिस

देशान्तर

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसले सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । कांग्रेसले ७० जना उम्मेदवारको नाम सिफारिस गरेको छ । सोमबार बसेको कांग्रेसको कोशी प्रदेश समितिको बैठकले दलित, अल्पसङ्ख्यक, महिला कोटाबाट २२ जना र अन्य कोटाका लागि ४८ जनाको नाम सिफारिस गरेको हो ।
कांग्रेसले कृष्णप्रसाद सिटौला र सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजङ्ग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य, डिला सङ्ग्रौला र रुक्मिणी कोइरालालगायतको नाम सिफारिस गरेको छ ।
कृष्णप्रसाद सिटौला र सुजाता कोइराला प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका थिए ।