देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विवादमा किराँती : सनातन धर्मावलम्बी समूहको प्रदर्शन

देशान्तर


काठमाडौं । ‘ठाउँ देखे थ्याच्च बस्ने बोल्न पाउँदा प्याच्च बोल्ने ’ गर्नु हुन्न भनेर त्यसै भनिएको हैन । भिड देखेपछि हौसिने र कहाँ के वोलेपछि भिडको तालि आउछ भनेर परिणामको ख्याल नगरि चिप्लीने गरि बोल्ने नेपाली नेताहरु मध्यमा पर्छन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । उनि धेरै पटक चिप्लेर धेरै पटक माफी माग्ने नेतामा पनि पर्छन् । उनकै स्कुलिङमा रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पनि आफ्नो छवि विवादीत बनाउदै लगेका छन चाहे मन्त्रालय अन्र्तगतको निर्णयहरुमा होस या भाषणमा ।
चौतर्फी आलोचनाकाबीच ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएर विवादीत बनेका किराँतीले केहि समय पहिले पशुपति विकास कोषको जग्गा विवादमा मुछिए पछि आफूले घुस नखाँदा र नखुवाउँदा केही बौलाउन थालेको टिप्पणी गरेका थिए । नेपाल नागरिक उडडयन प्राधिकारण , नेपाल वायुसेवा निगममा त किरातीले स्पष्टिकरण सोध्नमा रेकर्डनै राखेर विवादीत बने । मातहतका कर्मचारीलाई स्पष्टीकरण सोध्ने तर कारबाही गर्न नसक्ने किराँतीलाई स्टन्ट गर्ने मन्त्रीका रुपमा पनि चित्रण गरिन्छ ।


पछिल्लो पटक मन्त्री किराँती एउटा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण चरम विवादमा परेका छन् । एउटा धार्मिक समूहको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री किराँतीले नेपालमा “क्रिश्चियन धर्मलाई मान्दिनँ भन्नेहरू संविधानविरोधी” भएको र संविधान नमान्नेहरू “देशद्रोही” भएको भनेको भन्दै उनीहरूलाई “जेल हाल्नुपर्ने“ अभिव्यक्ति दिएका थिए । क्रिश्चियन महोत्सवको कार्यक्रममा गरेको योा उग्र भाषणपछि उनलाई बर्खास्त गर्नु पर्ने सम्मको माग गरिएको छ । सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको छ । उनले जिसस क्राइस्ट महान् नेता भएको र बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल जिससको रुप भएको समेत बताएका थिए । मन्त्री किराँतीको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । उनको राजीनामा मागिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्धेष फैलाउने मन्त्रीले पदमा कसरी मिल्छ भन्दै प्रश्न गरेका छन् ।

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पनि किरातीको विवादस्पद अभिब्यक्तिप्रति विरोध गरेका छन् । ‘संस्कृति मन्त्री किरातीले कत्रो जेल बनाउलान त अब ? उनले थुन्नै पर्ने राष्ट्र द्रोहीको संख्या (हिन्दु, बुद्ध, मुस्लिम आदी) करीब ९८ प्रतिशत रहेछ,’ उनले कटाक्ष गर्दै भनेका छन्, ‘माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भयो । यसैगरी राप्रपा नेपालका अध्यक्ष कमल थापाले किराँतीलाई बर्खास्त गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्दछ । प्रम पुष्पकमल दाहाल प्रचण्डको ध्यान जाओस् ।

सामाजिक सञ्जाल प्रयोगकर्ता अधिकांशले आफूहरुलाई जेल हाल्न चुनौति दिएका छन् । संसदीय समितिमा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराँतीको आलोचना भएको थियो । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा राप्रपाका सांसद धवलशमशेर राणाले मन्त्री किराँतीले द्वन्द्व मच्चाउने अभिव्यक्ति दिएको भन्दै माफी माग्नु पर्ने बताए । सांसदसांसद मनीष झाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अभिव्यक्ति स्तरहीन र खेदजनक भनेर टिप्पणी गरेका छन् । उनको अभिब्यक्तिको बिरोधमा पशुपति क्षेत्रमा प्रदर्शन समेत भएको थियो । आज सोमबार पनि किरातीको अभिव्यक्तिको विरोध जनाउँदै सनातन धर्मावलम्बी समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । मन्त्री किरातीले गत बुधबार दिएको अभिव्यक्ति गैरसंवैधानिक भएको भन्दै समूहले काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो ।
प्रधानमन्त्री प्रचण्डलाई मन्त्री किराँतीलाई हटाउन दवाव बढेपनि अब केहि दिन पछि मन्त्रीमण्डल पुर्नगठनको तयारीमा रहेकाले केहि दिन पछि फेरिने मन्त्रीलाई अहिले हटाउन आबस्यक नरहेको सल्लाह उनि निकटले दिएको बताइएको छ ।