काठमाडौं । आरती साहका श्रीमान् मोतीबावुलाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालतको आदेशसँगै उनी पक्राउ परेका हुन् । यसअघि पक्राउ परेका उनी उच्च अदालत जनकपुरको आदेशपछि छुटेका थिए । मोतीबावुलाई मंसिर २० गते सर्वोच्च अदालतले पुनः पक्राउ गरेर थुनामा राख्न आदेश गरेको थियो । जेठ ७ मा श्रीमती आरती साह घरमै मृत फेला परेकी थिइन् ।
माइती पक्षले भने आरतीको मृत्यु मोतीबावुको कुटपिटका कारण भएको भन्दै धनुषा प्रहरीमा मोतीबावु र उनका बुवा मदनमोहन सुडीविरुद्ध जाहेरी दिएको जाहेरीपछि प्रहरीले दुवैलाई पक्राउ गरेको थियो । जिल्ला अदालत धनुषाले उनीहरुलाई अनुसन्धानका लागि थुनामा पठाउन आदेश दिएको थियो । तर, पछि उच्च अदालतले भने बाबुछोरालाई नै छोड्ने आदेश दिएको थियो ।
प्रतिक्रिया