काठमाडौं । पोखरामा गए राति पूर्व राजा वीरेन्द्र वीर विक्रम शाहको शालिक पुनः स्थापना गरिएको छ । पोखरा महानगरपालिका १० वीरेन्द्र चोकमा गए राती पूर्व राजा वीरेन्द्रको ८ फिट अग्लो शालिक राखिएको हो ।
उक्त ठाउँमा २०६२ /६३ अघि पूर्व राजा वीरेन्द्रको शालिक थियो । जनआन्दोलनको बेला माओवादी कार्यकर्ताले पूर्वराजा वीरेन्द्रको शालिक हटाएका थिए । करिब २५ लाख खर्चेर पूर्व राजा वीरेन्द्रको निर्माण गरिएको बताइएको छ ।
प्रतिक्रिया