काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन् । संसद सचिवालयका कार्यबाहक महासविच पद्मप्रसाद पाण्डेयले एक सूचना जारी गर्दै सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी गराएका हुन् ।
हत्या आरोपमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएपछि सांसद कोइरीले निलम्बन फुकुवाको निवेदन दिएका थिए । मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या गरेको उनीमाथि आरोप लागेको थियो ।
प्रतिक्रिया