देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दाङका अभियन्ता पार्देलाई फ्रान्सको बिश्वविद्द्यालयले मानार्थ पिएचडीबाट बिभुषित गर्ने

देशान्तर


काठमाडौं । हरेक घरमा धारो होस हरेक गाउमा सिंचाई भनेर सन २०१६मा करोडको अभियान सुरु गरि दाङको घोराही ४ साबिकको लक्ष्मीपुर ७ सुनपुर गाउँका करिव ८ सय घरधुरीमा पानी पुराएका मित्रलाल पार्देलाई फ्रान्सको बिश्वविद्द्यालयले मानार्थ पिएचडीबाट बिभुषित गर्ने भएको छ ।

दाङ घर भै झण्डै दुई दशक देखी पोल्याण्ड बस्दै आएका उनलाई समाज परिवर्तन रगत होइन पानी बगाएर सम्भव छ भन्ने सोच पुरा गरेको युनिभर्सिटीलाई प्रमाणित गरेकोले र नेपाल जस्तो बिकासोन्मुख देशहरुमा अफिलियट अनलाइन मार्केटिङबाट स्वरोजगार निर्माण गर्न सकिन्छ भन्ने सोचलाई प्रमाणित गरे वापत फ्रान्सको बिश्वविद्द्यालयले आफ्नो कन्भोकेसन कार्यक्रममा मानार्थ डक्टरेट पिएचडीबाट बिभुषित गर्ने भनि उनलाई मनोनयन गरेको हो ।

ह्युमन पिस डेभलपमेन्ट संस्थाले पानी अभियानको नारालाई बिश्वब्यापी बनाएर हरेकको घरमा पानीको धारो हुनुपर्छ हरेक गाउँमा सिंचाइ हुनुपर्छ भन्ने आवाजलाई जोड पुगोस् भनेर उनलाई सम्मानका लागि मनोनयन पत्र पठाएको पार्देले जानकारी दिएका छन् । पार्देले कन्भोकेसन र अवार्ड कार्यक्रममा पानी अभियानको ब्यानर र नारा बोकेर जाने बताएका छन् । उनले सम्मान गर्ने फ्रान्सको Thames University र Association with Usa Human Right Global Peace Sustainable Development प्रति आभार ब्यक्त गर्दै उनले यो सम्मान आफ्नो मात्र नभएर सबैको सम्मान भएको बताएका छन् ।