काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले यसपटक जहाज खरिद प्रक्रियालाई शतप्रतिशत सही र पारदर्शी बनाउन निर्देशन दिएका छन् । यसपटक कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न र पारदर्शी ढंगले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
आइतबार दिउँसो सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ र छलफलमा नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको भन्दै यसपटक यस्तो गल्ती हुन नदिन निर्देशन दिएका हुन् ।
प्रतिक्रिया