काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि ( नेफ्स्कून )को ३२औ वार्षिक साधारण सभा तथा अधिशेनको दोश्रो दिन आज नयाँ नेतृत्व चयन हुदै छ ।
प्रज्ञा प्रतिस्ठान काठमाडौमा जारी अबिधेशनमा बर्तमान संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल अबको अध्यक्ष पदको बलियो दाबेदार हुन् । ढकाल नेपालको सहकारी अभियानका लामो समयदेखि कृयाशिल छन् ।
वर्तमान अध्यक्ष परितोष पौडेल र वरिष्ठ उपाध्यक्ष ढकाल चुनावी प्रतिस्पर्धामा छन् । पौडेल र ढकालले आ–आफ्नो छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा उत्रिएका छन् । नेकपा एमाले निकट अभियन्ताहरुको समर्थन पौडेल प्यानललाई रहेको छ भने सत्तापक्ष गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायतको समर्थन ढकाल प्यानललाई रहेको छ ।
नेफ्स्कूनले विद्युतीय भोटिङमार्फत नयाँ नेतृत्व छान्दैछ । संघको ४ वर्षे नेतृत्वका लागि १९ सदस्य सञ्चालक समिति र ३ जना लेखा समितिसहित कूल २२ सदस्यका लागि चुनाव हुने भएको हो ।
नेफ्स्कूनको वार्षिक साधारण सभाको हिजो उदघाट्न गरिएको थियो । पूर्व मन्त्री समेत रहेका राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशब प्रसाद बडालले सभाको उद्घाटन गरेका थिए ।
प्रतिक्रिया