काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्को क्रमभंग गर्ने बताएका छन् । सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकार गठनको एक वर्ष पुगेको अवसरमा आफूले केही विषयमा क्रमभंग गर्न लागेको बताउदै आफ्नो अभियानमा जनताको साथ पाउने विश्वास व्यक्त गरे ।
उनले देशमा केही छैन भन्ने जनतालाई निराश पार्ने भाष्य खडा गरिएको बताए । ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको पनि बताए । प्रधानमन्त्रीले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको बताए । उनले नेपालमा उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना भइसकेको पनि बताए ।
प्रतिक्रिया