काठमाडौं । काठमाडौं महानगरपालिकाले बालबालिकालाई चाडपर्वका नाममा पोशाक किन्न लगाउने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले महानगरभित्रका सबै विद्यालयलाई शुक्रबार गरेको परिपत्रमा फरक पोसाक किन्न बाध्य पारिए कारबाही गर्ने चेतावनी दिइएको छ ।
केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएको परिपत्रमा उल्लेख छ ।
परिपत्रविपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने महानगरले जनाएको छ । क्रिसमस नजिकिदै गर्दा महानगरले विद्यालयलाई चेतावनीयुक्त पत्र पठाएको हो ।
प्रतिक्रिया