काठमाडौं । मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।
बिहीबार बसकोे मन्त्रिपरिषद्को बैठकले अपांगता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति, २०७९ र बालबालिका नीति, २०७९ पनि स्वीकृत गरेको छ ।
यस्तै राष्ट्रियसभाको निर्वाचनका लागि ०.५ भन्दा कम जनसंख्या रहेका दलित बाहेकका जातिलाई अल्पसंख्यकको रूपमा तोक्ने निर्णय गरेको छ ।
प्रतिक्रिया