देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ईयूको कालोसूचीबाट हटाउन लागि परेको छु :किराती

देशान्तर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको हवाई उड्डयन क्षेत्रलाई युरोपेली युनियन (ईयू)को कालोसूचीबाट हटाउन आफूहरू लागिपरेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उनले ईयूले १२ बुँदामा कमजोरी देखाएको जानकारी दिए । ती कमजोरी सुधारको कार्य भइरहेको उनले उल्लेख गरे ।
त्यसक्रममा मन्त्री किरातीलाई सांसद धवलशमशेर राणाले विवादास्पद अभिव्यक्तिको ‘रियाक्सन’ ठूलो हुने चेतावनी दिएका छन् । राणाले विवादास्पद अभिव्यक्तिका कारण निम्तने स्थितिको जिम्मेवार सरकार हुनुपर्ने चेतावनी दिएका हुन् । बुधबार मन्त्री किरातीले किस्चियन धर्मका विषयमा दिएको अभिव्यक्तिप्रति विभिन्न टीकाटिप्पणी भइरहेको छ ।