काठमाडौँ । निजामती सेवामा इमानदार छवि बनाएका नेपाल सरकारका सचिव भरतमणि सुवेदीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सुटुक्कै सरुवा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको थियो ।
२०७७ मा सहसचिव बाट सचिवमा बढुवा भएका सुबेदीले पहिले पनि सहसचिव हुँदा मन्त्रालयमा इमानदार पूर्वक आफ्नो भुमिका निर्वाह गरेका थिए । सचिव सुवेदीलाई अहिले सार्वजनिक खरिद तथा अनुगमन कार्यालयमा पठाएर संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कोसी प्रदेशका प्रमुख सचिवमा कार्यरत दीपक काफ्लेलाई ल्याइएको छ ।
सुवेदी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रहँदा स्वार्थ समूह र माथिको अनुचित चलखेल पुरा नहुने भएपछि उनलाई मन्त्रालयबाट सरुवा गरिएको देशान्तरलाई खबर प्राप्त भएको छ । मन्त्रालय अन्तर्गत हुने काममा ‘आर्थिक चलखेल’कै लागि उनको सरुवा गरिएको श्रोतले बताएको छ । सचिव सुवेदीलाई अनुचित कार्यका लागि ‘माथि’बाट दबाब दिने र तनाव दिने गरेको बुझिएको छ । त्यही दबाब र तनाव बाट आफू आफ्नो छविलाई बचाउन सुवेदीले सरुवालाई उपयुक्त ठानेको बताइएको छ । सुवेदीको सुटुक्कको सरुवालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा शक्तिकेन्द्रबाट सङ्गठित रूपमै ठुलै घोटाला हुन लागेको आशंका गरिएको छ ।
प्रतिक्रिया