काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा दुई हजार ४७ मतदाताले भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दुई हजार ४७ जना मतदाताको नामावली स्वीकृत गरेको हो ।
निर्वाचनमा प्रदेशसभा सदस्य ५४९ जना र स्थानीय तह गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ४९८ जना गरि कुल दुई हजार ४७ जनाको मतदाता नामावली स्वीकृत गरिएको हो ।
प्रदेशसभा सदस्यतर्फको कुल मतदाता ५५० मध्ये एकजनाको निधन भएकाले ५४९ जना कायम गरिएको आयोगले जनाएको छ । यस्तै स्थानिय तहका एक हजार ५०६ जनामध्ये एकजना निधन भएका गाउँपालिका अध्यक्ष एक उपाध्यक्ष , एक नगरपालिका उपप्रमुखको निधन भएको निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष एकजना र , नगरपालिकाका प्रमुख चार गरी आठजनाको नाम हटाइ कुल एक हजार ४९८ जनाको नामावली स्वीकृत गरिएको पनि आयोगले जनाएको छ ।
पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ कायम भएको छ ।
प्रतिक्रिया