काठमाडौं । सरकारी स्वामित्वको हेटौँडा र उदयपुर सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुगेको उद्योगका प्रमुखहरुले जनाएका छन् । प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा हेटौँडा सिमेन्टका महाप्रबन्धक वसन्त पाण्डे र उदयपुर सिमेन्टका अध्यक्ष केशवकुमार बस्नेतले यस्तो बताएका हुन् ।
बैठकमा दुई उद्योग सञ्चालनका निम्ति दुई अर्ब रुपैयाँ लगानी थप गरी मोडल परिवर्तन गर्न माग गरिएको छ । लगानी थपिएर पनि मोडल परिवर्तन गर्न नसके उद्योग बन्द हुने महाप्रबन्धक पाण्डेले बताए । बैठकमा एमालेका सचेतक महेश बर्तौलाले राजनीतिक स्वार्थ पूरा गर्न सरकारी सिमेन्ट उद्योग बन्द गराउने खेल भएको बताए । उनले सिमेन्ट उद्योगमा विज्ञ नेतृत्व नहुँदा व्यवसायिक योजना नभएको भनाई राखे ।
प्रतिक्रिया