देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजतन्त्र पुनःस्थापनाको संभावना छैन , संघीयता घाँडो भयो : केसी

देशान्तर

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशलाई अस्थिर बनाउने प्रयास भएको टिप्पणी गरेका छन् । मंगलबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले नेपालमा धर्मको नाममा अराजकता निम्त्याएर देशलाई अस्थिर बनाउने प्रयास भएको टिप्पणी गरेका हुन् ।

नेता केसीले राजतन्त्र पुनःस्थापनाको संभावना नभएको पनि दाबी गरे । सत्तामा पुगेका ठूला दलहरुले नागरिकको हितमा राम्रो काम गर्न नसकेकाले अहिलेको व्यवस्थाको विपक्षमा आक्रोश उत्पन्न भएको केसीले भनाई थियो ।अध्यक्ष केसीले संघीयता घाँडो भइसकेको दोहो¥याउँदै देशभर प्रदेश संरचना खारेजीका लागि बलियो आवाज उठिरहेको पनि जिकिर गरे ।