देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनसेल प्रकरणमा कानुन विपरीत केहि भएको भए हदैसम्मको कारबाही हुन्छ : प्रधानमन्त्री

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल प्रकरणमा नेपालको कानुन विपरीत केहि भएको भए हदैसम्मको कारबाही गर्ने बताएका छन् । उनले एनसेल खरिद विक्रीसंग चर्चा आएदेखि सरकार गम्भीर रहेको बताए । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उनले खरिद विक्री प्रक्रिया आफू दुबईमा कोपमा रहेको बेला भएको बताए ।


सरकारको नेतृत्वको हैसियतले आफूले एकदमै गम्भीर रूपमा पहल गरेको प्रचण्डको दाबी थियो । उनले योसँग सम्बन्धित नियामक निकाय तथा राजनीतिक नेतृत्वलाई समेत राखेर छलफल चलाएको बताए । यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल खरिद–बिक्री प्रकरणमा सरकार गम्भीर रहेको बताएकी छन् । छानबिन समितिले प्रतिवेदन बुझाएपछि सोहीअनुसार अघि बढ्ने सरकारको तयारी रहेको उनले उल्लेख गरिन् ।
राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उनले अबको ६ वर्षपछि एनसेल सरकारको मातहतमा आउने विश्वास पनि व्यक्त गरिन् । तर, दूरसञ्चार प्राधिकरण ऐन, २०५३ मा थुप्रै छिद्र रहेको उनको भनाइ थियो ।

यसैबीच एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले दायर गरेको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको छ । यसअघि मङ्सिर २४ गतेदेखि लगातार हेर्न नभ्याइनेमा परेको सिंहको रिट मङ्सिर पुस १ गते भने रिट निवेदककै कानुन व्यवसायीले स्थगित गराएका थिए । पुस २ गते सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको रिट बेञ्च बस्न नभ्याएर स्थगितमा परेको थियो । 

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् । उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।