देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘विप्लव’लगायत नेताविरुद्ध जारी आदेशप्रति मोर्चाको ध्यानाकर्षण

देशान्तर

काठमाडौं । समाजवादी मोर्चाले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायत नेताविरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मोर्चाका संयोजक माधवकुमार नेपालले सोमबार विज्ञप्ति जारी गर्दै सरकार र सो पार्टीबीच भएको तीनबुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न आह्वान गरेका छन् ।
गएको मंसिर १८ गते काठमाडौं जिल्ला अदालतले विप्लवसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । राज्यविरुद्धको कसुर मुद्दामा उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।