देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने, एन आई सी एशिया बैंक र Al Ansari Exchange बीच रणनीतिक साझेदारी

देशान्तर

काठमाडौं । रोजगारको शिलशिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका नेपालीहरुले नेपालमा सजिलै रकम पठाउन सक्ने भएका छन् । आज एन आई सी एशिया बैंक र Al Ansari Exchange बीच उक्त रणनीतिक साझेदारी सम्पन्न भएको छ ।  समझदारी अनुसार युएईमा आक्रामक बजार विस्तार गरिरहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरु तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप) बाट नेपालमा रकम पठाउन सहज हुने दुबै साझेदारको विश्वास रहेको छ । 

साझेदारी कार्यान्वयनमा आए पश्चात् अब Al Ansari Exchange बाट यस बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ । भौतिक रुपमा युएईभर तथा वेबसाइट तथा मोबाइल एपबाट डिजिटल रुपमा दरिलो उपस्थिति रहेको उक्त Al Ansari Exchange कम्पनीबाट पठाइएको रकम यस बैंकका ३६० शाखा कार्यालय, १११ विस्तारित काउन्टर, ५५ वटा शाखा रहित बैंकिङ्ग इकाई र १६ हजार भन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिनेछ ।

साथै, यस बैंकको मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) भित्र रहेको Remittance आइकनमा ट्याप गरेर Receive Remit भित्र आफुलाई प्राप्त रकम र Unique PIN विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गरी रेमिटेन्स रकम सहजै बुझ्न सकिने व्यवस्था समेत रहेको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६५६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।