काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र र जनताको निम्ति नयाँ योजना बनाएको बताएका छन् । ललितपुर महानगरको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले नयाँ ढंगले काम गर्ने सोचिरहेको बताएका हुन् ।
कार्यक्रममा उनले अहिले संविधान र गणतन्त्रलाई निस्तेज पार्न चलखेल भइरहेको बताए । त्यस अबसरमा प्रचण्डले स्थानीय तहका जनप्रतिनिधिलाई संघीयताको पक्षमा बोल्न आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकार आएपछि विकासले फड्को मारेको र त्यो संघीय लोकतान्त्रिक गणतन्त्रले सम्भव भएको पनि बताए ।
उनले उपत्यकामा देखिएको फोहोरको समस्या सबै स्थानीय तहको मुलुभत समस्या रहेको संघीय सरकारलाई अवगत रहेको बताए । संघीय सरकारले फोहोर समस्या यसको लागि वैज्ञानिक र दीर्घकालिन समाधानको लागि पहल गरिरहेको पनि बताए ।
खानेपानी समस्याको लागि संघीय सरकारले काम गरिरहेको भन्दै सार्वजनिक खरिदको नीतिगत सुधारको लागि पहल भइरहेको पनि दाहालले सुनाए । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापन र खोला अतिक्रमण हटाउन प्रधानमन्त्री सँग सहयोग मागेका थिए । उनले संघीय कानूनमा स्थानीय कानूनमा बाझिएकाले मेयरहरू, उपमेयरहरु नै बसेर सल्टाउन नसक्ने काममा सहयोग गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । उपत्यकाको विकास एकै पटक हुनुपर्ने भन्दै उनले सबै पालिका साथसाथै अघि बढ्नुपर्ने बताए ।
शाहले काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टिसमेत जनाएका थिए । यसैबीच ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ । स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो ।प्रधानमन्त्री प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको उद्घाटन गरेका हुन् ।
प्रतिक्रिया