काठमाडौं । मन्त्रिपरिषद्ले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना र नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीतिलाई स्वीकृत गर्नेसहित विभिन्न १६ वटा निर्णय गरेको छ ।
आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका बारेमा पनि सञ्चारकर्मीहरुलाई जनाकारी गराएकी थिइन् । उनले बाहिर चर्चा भएजस्तो मन्त्रिमण्डल फेरबदलको तयारी नभएको बताइन् ।
उनले यस विषयमा गठबन्धन र राजनीतिक दलका बीचमा छलफल नभएको जिकिर गरिन् ।
प्रतिक्रिया