देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन १२ दल दर्ता

देशान्तर

काठमाडौं । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन १२ राजनीतिक दल दर्ता भएका छन् । दर्ता भएका दलहरुलाई निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ ।
आयोगले नेकपा (एमाले)लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, नेकपा (माओवादी केन्द्र)लाई गोलाकारभित्रको हँसिया हथौडा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई हलो, जनता समाजवादी पार्टी (जसपा), नेपाललाई ढल्केको छाता निर्वाचन चिह्न प्रदान गरेको छ ।
यस्तै, जनमत पार्टीलाई लाउड स्पिकर, नेकपा (एकीकृत समाजवादी)लाई कलम, नागरिक उन्मुक्ति पार्टीलाई पिँध भएको सादा ढकिया, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई साइकल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)लाई मादल, राष्ट्रिय जनमोर्चालाई गिलास र नेपाल समाजवादी पार्टीलाई खुलेको आँखा चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले भने भाग लिएको छैन् । प्रदेश सभा सदस्यमा उमेदवार नउठाएको रास्वपाले स्थानिय तहमा पनि मत नभएका कारण राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग नलिएको हो ।