काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले रुस–युक्रेन युद्धमा परेका नेपाली नागरिकको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।
आयोगले आइतबार विज्ञप्ति जारी गर्दै उनीहरूको उद्धार गर्न आग्रह गरेको हो । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा रुस र युक्रेनबीच जारी युद्धका क्रममा विभिन्न गैरकानुनी बाटो प्रयोग गरी नेपाली त्यहाँका सेनामा भर्ना भएको उल्लेख गर्दै नेपाली नागरिक जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानवअधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुने जनाइएको छ ।
प्रतिक्रिया