काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले काठमाडौँबाट थप दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले काभ्रे घर भएका ३७ वर्षीय मनोज तामाङ लामा र रामेछापको दोरम्बा घर भएका ३३ वर्षीय पदम लामालाई पक्राउ गरेको हो ।
उनिहरुले नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउन विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अधिकृत नरवीर खड्कालाई करिब १ करोड रुपैयाँ दिएको बयानमा बताएका छन् ।
घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।
भिजिट भिसा प्रकरणमा प्रहरीले वायुसेवा निगमका ३ जना अधिकृत र ७ वटा ट्राभल्सका सञ्चालक सहित ३४ जना लाई पक्राउ गरेर अनुसन्धान गरिएको छ ।
प्रतिक्रिया