काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाण जेलबाट छुटेका छन् । उच्च अदालत पाटनले बिहीबार ३० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो । खाँणले धरौटी रकम बुझाए पछि सम्पत्ति शुद्धीकरण विभाग लगिएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खाँणलाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पु¥याइएका खाणलाई साधारण तारेखमा छाड्ने आदेश भए संगै खाँण ७ महिना जेल बसेर छुटेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणले प्रहरीले उनलाई २७ वैशाखमा पक्राउ गरेको थियो ।
प्रतिक्रिया