काठमाडौं । रूपन्देहीमा नेपाली युवा विनोद कुँवर र सुदिक्षा गौतम दम्पतीको को निजी लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने भएको छ । बिहीबार एक्स्ट्राटेक ओभल द्वारा रूपन्देहीमा पत्रकार सम्मेलन गरिे तिलोत्तमा नगरपालिकामा निर्माणाधीन क्रिकेट रंगशाला फागुन १ गतेबाट सञ्चालनमा आउने जानकारी दिइएको हो ।
अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवरले निर्माणाधीन क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिए । उनले मैदानमा सातवटा पिच रहेको र रंगशाला निर्माणको समयसीमा सकिन चार महिना बाँकी रहँदै निर्माण सम्पन्न हुने हुने हुँदा फागुन १ गतेबाट प्रतियोगिताका लागि योग्य हुने बताए ।
रंगशलामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुमहरू निर्माणको काम माघबाट सुरु गर्ने पनि निर्देशक कुँवरले बताए । रंगशाला तत्कालका लागि पाँच हजार सिट क्षमताको रहने छ । रंगशालाको लागत ४० करोड रुपैयाँ अनुमान गरिएको छ
प्रतिक्रिया