काठमाडौं । यूएईमा सुरु भएको यू १९ एसिया कप अन्तरगत पहिलो म्याचमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १५२ रन बनाएको थियो । नेपालका लागि उत्तम थापामगरले ५१ रनको अर्धसतकीय पारी खेले । यस्तै, दिपेश कँडेलले ३१ रन र ओपनर अर्जुन कुमालले २१ रन बनाएर आउट भए ।
जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमै भेट्टायो ।
प्रतिक्रिया