काठमाडौं । उत्तम मगरको अर्धशतकको सहारामा नेपालले यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानविरुद्ध १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङमा आएको नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाएर १५२ रनको योगफल खडा गर्यो ।
७६ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै उत्तमले ५१ बनाए । दीपेश कडेलले ३१ रन बनाए । ओपनर अर्जुन कुमालले २१ रन बनाउनुबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पाकिस्तानविरुद्ध नेपाली कप्तान देव खनाल १३ बलमा रनको खाता नखोली आउट भए । सिनियर टोलीका गुल्सन झाले पनि एक रन मात्र थपे ।
नेपाललाई सस्तैमा रोक्न पाकिस्तानमा मोहम्मद जिसानले ६ विकेट लिए ।
प्रतिक्रिया