देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान

देशान्तर

काठमाडौँ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा भाग लिने सबै राजनीति दललाई दर्ता आह्वान गरेको हो ।
आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मङ्सिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताका लागि समय दिएको छ । चुनावी कार्यतालिकाअनुसार पुस १ गते दलहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ ।


यस्तै पुस ४ गते दर्ता भएका दलहरूको अन्तिम नामावली प्रकाशित हुनेछ । पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ ।
आगामी फागुन २० गते २० सांसदको पदावधि सकिँदै छ ।