काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्ने नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
समितिले आज यस विषयमा प्राधिकरणलाई छलफलका लागि बोलाएर जानकारी लिएको थियो ।
प्राधिकरणसँगको छलफलपछि समितिले एनसेल खरिदबिक्रीको वास्तविकतासहितको सम्पूर्ण विवरण १५ दिनभित्र लिखित रूपमा पेश गर्न निर्देशन दिएको हो । यसैगरी संसद्को सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद बिक्री रोकेर अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।
बैठकले अर्को बैठकमा यस बारेमा जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने निर्णय गरेको छ ।
प्रतिक्रिया