देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुसी सेनामा भर्ती गराउने गिरोह सार्वजनिक

देशान्तर

काठमाडौं । नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट विभिन्न व्यक्तिहरुको राहदानी, भिषा, रकम समेतका कागजातहरु बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद थपको अनुमति लिइएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय रुस–युक्रेन युद्धपछि रुसले विदेशी नागरिकका लागि भर्ती खोल्दा धमाधम नेपाली युवा अवैध बाटो हुँदै त्यहाँ गइरहेका छन् ।

रुसी सैनिकमा भर्ना हुन नेपाल प्रहरीका बहालवाला कर्मचारीहरुनै रहेको बताइएको छ । पक्राउ परेका १२ जनामाथि अनुसन्धान गर्ने क्रममा उक्त तथ्य फेला परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । प्रहरीका अनुसार रूसमा पठाउन नेपाल र भारत दुवै देशको बाटो प्रयोग भएको पाइएको छ ।