काठमाडौँ । पुर्पक्षका लागि थुनामा रहेका पुर्व गृहमन्त्री बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने भएको छ ।
उच्च अदालत पाटनले तेस्रो न्यायाधीशसमक्ष सुनुवाइका लागि मंसिर २८ गतेको पेसी तोकेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाणसँग धरौट माग गर्ने कि थुनामै पठाउने भन्ने सम्बन्धमा यस अघि दुई न्यायाधीशको राय बाझिएपछि उनको निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश भएको थियो ।
प्रतिक्रिया