देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रास्वपाको सचिवालय बैठक आज : एनसेलका प्रमुखलाई पत्र काट्नुपर्ने वाग्लेको माग

देशान्तर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले एनसेलका प्रमुख कार्यकारी अधिकृतलाई पत्र काट्नुपर्ने माग गरेका छन् । बुधवार बसेको अर्थ समितिको बैठकमा बोल्दै वाग्लेले एनसेलका कार्यकारी अधिकृतलाई पत्र काटेर समितिमा बोलाउनुपर्ने बताएका हुन् ।
आजियाटाले लगानी फिर्ता लैजानु नौलो नभए पनि लगानीको वातावरण छैन भन्नू गलत भएको उनको भनाइ छ । यसैगरी रास्वपाका अर्का सांसद विराजभक्त श्रेष्ठले सरकारले एनसेललाई कर छुट दिनु नै गलत भएको बताए । बैठकमा सांसद श्रेष्ठले कुन नियम र कानुनअनुसार एनसेललाई सरकारले कर छुट दिएको हो भन्दै प्रश्न गरेका थिए ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । बुधवार अपराह्न पाँच बजे पार्टी कार्यालय वनस्थलीमा बैठक बोलाइएको हो ।
सचिवालय बैठकअघि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट केन्द्रीय सदस्य मनोनीत भएकाहरूको ४ बजे शपथ ग्रहणको कार्यक्रम छ ।
शपथ ग्रहण कार्यक्रमपछि पाँच बजे बस्ने बैठकले प्रवास नेपाली सम्पर्क विभागको कार्यविधि पास गर्ने एजेन्डा छ । यस्तै सभापति रवि लामिछानेले आफ्नो मलेसिया भ्रमणबारे बैठकमा ब्रिफिङ गर्ने अर्यालले बताए । बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल हुने जनाइएको छ ।