देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महानगर क्षेत्रभित्र प्रक्रिया पूरा नगर्ने औषधि पसल बन्द गरिने

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैधरूपमा चलिरहेका औषधि पसललाई सचेत गराएको छ ।
मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसवुक मार्फत अनधिकृत व्यक्तिले औषधि बेचिरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधीसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनविना बिक्री भइरहेको गुनासो आइरहेको भन्दैे त्यस्ता पसलहरूले तत्काल सुधारात्मक कदम चाल्न ध्यानाकर्षण गराएका छन् ।

मेयर शाहले मंसिर २९ भित्र आवश्यक कानूनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा नगर्ने औषधि पसल बन्द गरिने जानकारी गराएका छन् ।