काठमाडौं । काठमाडौंको न्यूरोडबाट प्रहरीले करिब सात किलो अवैध सुन बरामद गरेको छ ।
न्यूरोडस्थित ओमपाल गोल्ड शप प्रालिसँगैको कारखानामा छापा मार्दा उक्त सुन फेला पारेको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धानका लागि कैलाली घर भइ नागार्जुन बस्ने पदम पाण्डेलाई नियन्त्रणमा लिएको छ ।
बरामद भएको सुनमध्ये केही गहना र केही विस्कुट आकारका रहेको सुनबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया