देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मिलेमतोमा एनसेल बिक्री : डा शेखर कोइराला

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीहरूको मिलेमतोमा एनसेल बिक्री भएको बताएका छन् ।

उनले भने,‘ आजको पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने एनसेल बेचिँदै छ भन्ने केही दिन देखी जताततै चर्चा भइरहेको थियो। यसमा राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीहरूको मिलेमतो नभई सम्भव हुँदैन । त्यस कारण हामीले नेताहरूलाई प्रश्न गरेका छौँ कि एनसेल बिक्री प्रकरण किन भयो ? ’ यस घटनालाई नेपाली कांग्रेसले गम्भीर रूपमा लिएको भन्दै नेता कोइरालाले नेपाललाई विकसित मुलुक बनाउन भ्रष्टाचारलाई निर्मूल गर्नुको विकल्प नभएको प्रस्ट पारे । नेपाली काँग्रेस ओखलढुङ्गाको प्रथम जिल्ला सम्मेलनलाई मङ्गलवार सम्बोधन गर्दै नेता कोइरालाले भ्रष्टाचारलाई निर्मूल पार्न नसके नेपाललाई विकसित मुलुक बनाउन नसकिने बताए ।

कोइरालाले भने,‘अहिले जताततै मानिसहरूमा असन्तुष्टि छ । यसको कारण के हो भनेर बुझ्दा भ्रष्टाचारले देशलाई गाँजेको छ भन्ने कुरा सर्वत्र सुन्नुहुन्छ । भ्रष्टाचार नै मुलुकको विकास र समृद्धिको बाधक हो ।’ करिव ७५ प्रतिशत जनता कृषिमा आधारित भएपनि भएपनि उत्पादनलाई बढाएर कृषिमा आधारीत उद्योगहरूलाई बढाएर जान सकेमात्ररोजगारीका अवसरहरू देशभित्रै पाउन सकिने नेता कोइरालाको दाबी छ ।